चितवन । सोमबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाले बढेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४ सय रुपैयाँ तोकेर बजार खुला गरिएको थियो । आज भने १ सय रुपैयाले बढेर प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर ९३० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




