चितवन । भरतपुरमा काेराेना संक्रमित ६८ वर्षीय वृद्वकाे मृत्यु भएको छ । भरतपुर महानगरपालिकाका स्थानीय ती वृद्वकाे आज बिहान ७ बजेर ५ मिनेटमा निधन भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले चितवन खबरलाई जानकारी दिए ।
वृद्वलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबार साँझ नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा ल्याईएकाे उनले बताए । उनका दुवै फाेक्साेमा कडा खालकाे निमोनियाको समस्या रहेकाे डा. तिवारी जनाए । उनी केही अघिदेखि आईसीयूमै उपचाररत थिए । उनकाे अवस्था हिजाे नै गम्भीर रहेकाे बताईएकाे थियाे । उनको शव भरतपुर अस्पतालको आईसीयूमै राखिएकाे छ । शवको व्यवस्थापन बारे छलफल चल्दै छ । शुक्रवार र शनिवार संकलन गरिएको नमुना रीक्षणमा उनी सहित साेमवार चितवनमा गरिएको परीक्षणमा ३० जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएकाे थियाे ।




