चितवन । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार असफल भएको भन्दै चितवनमा प्रर्दशन गरिएको छ । संक्रमणको समयमा भष्ट्राचार व्याप्त भएको, कोरोना भाइरस नियन्त्रणमा पर्याप्त तयारी नगरेको भन्दै चितवनमा स्वतन्त्र नागिरकले शान्तिपुर्ण प्रर्दशन गरेका हुन ।
कोरोना भाइरस महामारीपछि सरकारले लकडाउन गरेको ८१ औं दिन बिहीबार चितवनका स्वतन्त्र नागरिकले आज विहान भरतपुरको चौविसकोठीमा सरकार विरूद्ध विभिन्न प्लेकार्ड सहित प्रर्दशन गरेका थिए ।अहिलेको संकट समाधानका र जनजीवन सामान्यउन्मुख बनाउन सरकार असफल भएको उनीहरुको आक्रोश थियो । प्रर्दशनमा प्रतिक्रिया दिदै चेम्बर अफ कर्मसका महिला अध्यक्ष अनुषा पाठकले लकडाउन गरेको लामो समय बितिसक्दा समेत संक्रमण बढ्दै गएको र सरकार यस विषयमा गम्भीर नभएको भन्दै पाठकले आन्दोलनको विकल्प नरहेको बताइन ।
विश्व अन्य देशहरुमा कोरोना भाइरसको प्रभाव न्युन हुदै गएको र हरेक व्यवसायिक प्रतिष्ठान खुल्दे गएको अवस्थामा सरकारले सुरक्षा मापदण्ड अपनाएर लकडाउन खुकुलो गर्नुपर्ने धारणा राखिन । सरकारले लकडाउनको समयमा व्यवसायीलाई कर तिर्न दबाब दिएको भन्दै लकडाउन खुलेको तीन महिनासम्म व्यवसायीले कर तिर्न नसक्ने बताइन ।
प्रर्दशनमा प्लेकार्डसहित युवा , व्यवसायी , नागरिक समाजको उल्लेखनीय सहभागिता थियो । कर के का लागि, १० अर्ब खै क्वारेन्टाईनमै नागरिक किन असुरक्षित? लगायत नारा लेखिएका प्लेकार्ड समातेर उनीहरु प्रर्दशनामा उत्रिएका थिए । उनीहरुले नागरिक दबावको आयोजना स्वरुप प्रदर्शन गरेका बताएका छन् ।




