चितवन। जिल्लाका विद्यालयका विद्यार्थी बीच फोटो प्रतियोगिता हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको हो। लकडाउनको समयमा विद्यार्थीहरुबीच सिर्जनात्मक र रचनात्मकका साथै ज्ञान वृद्धि गर्ने उद्धेश्यले फोटो प्रतियोगिता आयोजना गरिएको आयोजक विद्यालय ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा कार्कीले जानकारी दिनुभयो ।‘यो समयमा विद्यार्थीलाई उर्जा तथा हौसला पनि प्राप्त हुन्छ उहांँले भन्नुभयो, विद्यार्थीहरुको लागि यो प्रतिभा देखाउने अवसर पनि हो ।’
उहांँका अनुसार यो प्रतियोगितामा सहभागी हुन प्रतियोगीले निश्चित मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । जस अनुसार फोटो खिच्दा वातावरण,प्रकृति झल्कने फोटोहरु मात्र मान्य हुनेछन । प्रतियोगिताका उत्कृष्ट प्रतियोगिहरुको लागि पुरस्कारको समेत व्यवस्था गरिएको छ । पहिलो हुने विजेतालाई ३ हजार, दोस्रो विजेतालाई २ हजार र तेस्रो प्रतियोगिलाई १ हजार रुपैयांँ प्रदान गरिने प्राचार्य कार्कीले जानकारी दिनुभयो ।
विद्यार्थीले यो प्रतियोगिताका लागि खिचिएको फोटो यही जुन २२ देखि जुन २७ सम्म निम्न लिखित ठेगानामा पठाउन सक्नेछन । सहयोगी संस्था आठराई पब्लिकेसन रहेको यो प्रतियोगिताको लागि चितवनका विद्यार्थीले आफ्ना सिर्जना gpschitawan2051@gmail.com मा पठाउन सक्नेछन । अथवा उल्लेखित फोन नम्बरमा सम्पर्क गर्न सकिने प्राचार्य कार्कीले बताउनुभयो ।




