काठमाडौ ।अपांगता भएकाहरूलाई सीप क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन, अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर मन्टेश्वरी तालिम शुरूवात भएको छ ।
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका आठ तेज विनायक जेष्ठ नागरिक भवनमा अपाङ्गता भएको व्यक्तिहरूको रोजगारी सिर्जना गराउन मद्दत पुयाउने उद्देश्यका साथ ७ दिने मन्टेश्वरी तालिम सुभारम्भ गरिएको हो। युवा अपाङ्ग संगठन नेपाल जोरपाटी को आयोजनामा संस्थाको अध्यक्ष प्रकाश श्रेष्ठको सभापति र कागेश्वरी मनहरा नगरपालिका उप प्रमुख बिन्दु पुडासैनीको प्रमुखअतिथि वडा अध्यक्ष प्रकाश फुयाल,वडासदस्य अन्य बुद्धिजीवीको अतिथिहरूको उपस्थितिमा आ.व.२०७६/७७को सामाजिक विकास मन्त्रालयको समुदाय मा आधारित सि.बि.आर कार्यक्रममा २० जना मन्टेश्वरी तालिम दिन लागिएको हो।
बिगत दशबर्ष देखि अपांगता भएका ब्यक्तिहरुको हक,अधिकार संरक्षण,रोजगार र प्रवर्धन गर्नको लागी स्थापना भएको यस संस्था मार्फत अपाङ्गता भएका ३ सयभन्दा बढी व्यक्ति विशेषहरुलाई स्वरोजगारमुलक मोवाइल रिपेरिङ,सिलाईबुनाई लगायतका तालिम दिएर रोजगारी प्रदान गरिसकेको छ।




