भुवन चैत्य बसुन्धरा फाउण्डेशनद्वारा प्रदान गरिने पुरस्कारको घोषणा गरिएको छ । भुवन चैत्य बसुन्धरा फाउण्डेशनको आषाढ २० गते फाउण्डेशनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यस वर्षको पुरस्कार विभिन्न श्रष्टा एवम् सर्जकलाई प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा ६ दशक भन्दा बढी समयदेखि कार्यरत विशिष्ट नृत्य निर्देशक भैरवबहादुर थापालाई हरिश भुवनचन्द पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी चैत्य देवी सिंह पुरस्कार ४ दशक भन्दा बढी समयदेखि रङ्गमञ्च, चलचित्र तथा सामाजिक सेवामा सकृय रहनु भएका विशिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) लाई र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार ५ दशक भन्दा बढी समयदेखि रङ्गमञ्च तथा चलचित्रमा कार्यरत विशिष्ट अभिनेत्री सकुन्तला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक पुरस्कारको रकम एकाउन्न हजार राशीको रहेको छ ।
अघिल्लो वर्षको तीनवटै पुरस्कार चलचित्र विकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई एक लाख त्रिपन्न हजार प्रदान गरिएको थियो ।




