बलिउड अभिनेता अमिताभ बचन र उनका छोरा अभिषेक बचनलाई कोरोना भाइरसको संक्रमण भएको छ। अमिताभ वचनले शनिबार राति ट्वीट मार्फत सो कुराको जानकारी दिएका हुन् ।
ट्वीटमा उनले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको जानकारी गराएका थिए । सो पश्चात परिवारका सदस्यमा परीक्षण गर्दा अभिषेक बचनलाई पनि कोरोना पोजेटिभ देखिएको उनले ट्वीट गरी जानकारी दिएका थिए ।
Advertisement
उनीहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उनमा सामान्य खालको लक्षण देखिएको जनाएका छन् । अमिताभले उनीसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । एजेन्सी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




