अमेरिकाको न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ । “लिन आउँछु भन्थ्यौ” भन्ने बोलको गीत बुढा सुव्वा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको हो ।
यो गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । उनको आवाजमा समावेश यो पहिलो गीत हो ।
Advertisement
दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । यो गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेका छन् ।
डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन् । कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




