गायक राजन गुरुङ र गायिका विष्णु माझिको आवाजमा ‘’मायालु तिमी मुटुमा छौ’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली लोकदोहोरी क्षेत्रमा इतिहास मै पहिलो पटक करोडको क्लबमा प्रवेश भएका चर्चित गायक राजन गुरुङको अर्को उत्कृष्ट गीत केहि दिन अघि सार्बजनिक भएको थियो ।
चार वर्ष अघि तयार गरेको ‘उही खोलीमा पानी, उही खोलीमा माछा, उर्लि आयो बैंश मेरो काजाम् काजाम् भाछ’ बोलको गीत युट्युवमा १६ मिलियन अर्थात १ करोड ६४ लाख १९ हजार भन्दा बढी पटक हेरिएको छ । यो नेपाली लोकदोहोरी इतिहासमै युट्युवमा दुर्लभ रेकर्ड हो ।
‘मायालु तिमी मुटुमा छौ’ बोलको गीतको म्युजिक भिडियो गायक राजन गुरुङको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा बसन्त थापाको संगीत रहेको छ भने प्रलाहद सुबेदीको शब्द रहेको छ। सुनिल क्षत्रीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गायक राजन गुरुङ, संगीतकार वसन्त थापाका साथै चर्चित कलाकार रजनी गुरुङ, सुमित्रा तामाङ्गको अभिनय रहेको छ ।




