भक्ती रिजाल
सर्लाही ।
जनताको मन जित्दै मेयर आचार्य, जनमुखी काम गर्न कुनै पनि भुगोल र राजनीतिले छेक्न नसक्ने भनाइ ।
इश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्यको दिनचर्या यतिबेला जनताको घरदैलोमा नै बित्ने गर्छ । बिहान उठे देखि नित्यकर्म योग, ब्यायाम साइक्लिङसंगै जनताको घर( घरमा पुग्ने र समस्या पहिचान गर्ने देखि यथोचित समाधान सम्मको उपायमा आचार्यको समय खर्च हुने गरेको छ ।
मेयर भए पछी जनताको सुख दुस्ख बुझ्न घर दैलोमा पुग्नु नै मेयरको कर्तब्य भएको आचार्यको बुझाइ छ । मेयर आचार्य भन्छन् मेयर पदलाइ जनसेवक भनेर बुझ्न र बुझाउन सके जनता सुखी हुन्छन्, जनता सुखी भए मात्रै नेतृत्वको प्रभावकारिता झल्किन्छ ।
जन अपेक्षाको मुद्दालाई लिएर मसिनो काममा लागेर स्थापित बन्दै गएका मेयर आचार्यले जनताको स्याबासी पनि प्रसस्तै पाउने गरेका छन् ।
पछिल्ला दिनमा इश्वरपुरमा देखिएका कामको चौतर्फी रुपमा चर्चा र चासो हुने गरेको स्थानीय बताउँछन् । यति बेला इश्वरपुर नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा देखिएको आमूल परिबर्तन आफैमा लोभलाग्दो छ ।
बिशेष गरेर नगरको दुरदराज सम्म पुग्ने गरि एम्बुलेन्सको भरपर्दो ब्यवस्थापन गरिएको मेयर आचार्यको भनाइ छ । सुत्केरी ब्यथा लागेका महिला हुन् या अन्य रोगबाट समस्यामा परेका महिलालाई घरै सम्म पुगेर एम्बुलेन्स र स्वास्थ्य सेवा सुरु गरिएको आचार्य बताउँछन् ।
कृषिप्रधान देशमा रहेर पनि किसानले स्वाभिमान पुर्बक कृषि पेशालाई अंगाल्न हिचकिचाउनु पर्ने अबस्थालाई मध्य नजर गर्दै कृषिको क्षेत्रमा सकारात्मक प्रभाब पर्ने गरि काम थालिएको आचार्यको भनाइ छ ।
किसानले उत्पादन गरेको धान, मकै, गहुँ, आलु, उखु तथा तरकारी बालीलाई ब्यबस्थित र उपयोगी बनाउँन किसानमैत्री कामको थालनी भएको आचार्य बताउँछन् ।
नगरपालिकाले युवामैत्री कार्यक्रम अन्तर्गत युवालाई लक्षित गरि खेलकुद, स्वास्थ्य शिक्षा तथा ब्यायामशालाको ब्यबस्थासंगै युवालाई अगाडि बढाउने र देशमै स्वरोजगार बनाउने काम थालिएको उनको भनाइ छ ।
त्यस्तै शिक्षामा नगरपालिकाले गरेको प्रगति र परिवर्तन अझै प्रभवकरी देखिएको छ । कम्प्युटर ल्याब, शैक्षिक सामाग्रीको उपलब्धताले इस्वरपुर नगरपालिका साच्चै सुन्दर र सभ्य देखिएको मेयर आचार्यको प्रस्टोक्ती रहेको छ ।
ूहरित इश्वरपुरू भन्ने नारालाई साकार पार्न सिंचाइमा जोड दिइएको र रैथाने बाली प्रबर्द्धनका लागि महत्वपुर्ण योजना अगाडि सारिएको आचार्य बताउँछन् ।
यसै बर्ष देखि नगरपालिका भित्रका सम्पुर्ण बाटाहरुलाई ग्राभेल, ढलान तथा कालो पत्रे गर्ने गरी बिकासको कार्यलाई योजनाबद्द ढंगबाट अगाडी बढाउदै लैजाने कुरामा आफू दृढ़ रहेको मेयर आचार्यको भनाइ छ ।




