सर्लाही । सर्लाहीमा दुई सवारी साधन आपसमा ठोकिएर भएको दुर्घटनामा पाँच जना घाइते भएका सर्लाही प्रहरिले जनायको छ ।
आज बिहान ईश्वरपुर नगरपालिका १२ र १३ को सीमा क्षेत्रमा पर्ने बाँके चोकदेखि दक्षिणतर्फ रहेको रेल्वे ट्रयाक नजिक श्रीनगर-बाँके सडक खण्डमा दुई सवारी साधन एक आसपमा ठोकिएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक ईश्वरपुर- १५ का २३ वर्षीय चन्द्रदेव धामी भगवती दल गण ईटहरीमा कार्यरत आर्मिको सिपाही हुन । सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय प्रशेस चौधरी नं.२ बिपद ब्यवस्थापन गण रसौली, चितवन दरबन्दी भई हाल मध्य पश्चिम पृतना बुटवलमा काजमा कार्यरत आर्मिको सिपाही हुन र मोटरसाइकलकै पछाडि सवार सोही ठाउँका २१ वर्षीय अमित चौधरी घाइते भएका छन्।
त्यसैगरि दुर्घटनमा पिकअप चालक सर्लाहीको हरिवन नगरपालिका- ३ डाबरी टोल बस्ने ४० वर्षीय रामएकबाल महतो र हरिवन नगरपालिका- २ का ६५ वर्षीय लेखनाथ उपाध्याय पनि घाइते भएका छन्।
श्रीनगरबाट बाँके चोकतिर जाँदै गरेको प्र.०३-०२८ प २१९१ नम्बरको मोटरसाइकल र रेल्वे ट्रयाक हुँदै बयलबास तर्फबाट महोतरी तर्फ जादै गरेको बा.८ च ६५ नम्बरको पिकअप गाडी आपसमा ठोकिएका हुन्।
दुर्घटनापछि दुवै सवारी साधन जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगलागीबाट पिकअपको आगाडितर्फ र मोटरसाइकल पूर्णरुपमा जलेको सर्लाही प्रहरीले जनायको छ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि लालबन्दी स्थित मोडेल अस्पतालमा प्राथमिक उपचार पछि दुबै नेपाली सेनाका सिपाईलाई किर्तिपुर बर्न अस्पताल पठाइएको सर्लाही प्रहरीले जनाएकाे छ।




