राणाकालमै देशैभर पूर्वदेखि पश्चिमसम्म रेखा कोरिएको हुलाकी सडकको सर्लाही खण्डले गणतन्त्र आइपुग्दासम्म काँचुली फेर्न सकेको छैन । वर्षौंदेखि जीर्ण सडकको स्तरोन्नति नहुँदा स्थानीय बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न विवश छन । राणाकालमै देशैभर पूर्वदेखि पश्चिमसम्म रेखा कोरिएको हुलाकी सडकको मलङ्गवा खण्डले गणतन्त्र आइपुग्दासम्म काँचुली फेर्न सकेन ।

सर्लाही । राष्टीय गौरबको आयोजनाको रुपमा रहेको तराइ मधेशको लाइफ लाइन मानियको सर्लाहीको जिल्ला हूलाकी सडकले निर्माण कार्यले गतीलिन सकेको छैन । पूर्व संग्रापूर देखि पश्छीम बलरा सम्मको ३९.५ कीलोमीटरको हूलाकी सडकमा निर्माण सम्र्पन भयको छ । भने सर्लाही सदरमुकाम मलङ्गवाको ८ सय मीटर हुलाकी सडकको निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारले यो पटक पनि बदमासी गरेर कामै नगर्दा सडकको धुलोले बस्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय मलंगवाका गंगाराम यादव बताउ छन ।
पाँच वर्षभित्र हुलाकी सडक कालोपत्र सक्ने गरी हिन्दूङ्ग एन्ड ठोकर हीरा एन्ड नमीता जेभी ÷ हिन्दूङ्ग एन्ड ठोकर शाहा निर्माण सेवा र दिबा निर्माण सेवा लाई २०७३ सालमा ३ वटा प्याकेजमा ठेक्का लागाईयको थियो । कुल ४०.३७० किमि खण्ड कालोपत्र गर्न ६४ करोड रुपैयाँमा सर्लाहीको हूलाकी सडक ठेक्का लागेको थियो ।
मलङ्गवा बजार क्षेत्रको सडक कालोपत्रे गर्ने जिम्मेवारी हिमडुङ एन्ड ठोकर÷हिरा एन्ड नमिता जेभीले पाएको छ । निर्माण व्यवसायीलाई हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरले बारम्बार पत्र काटेर सडक कालोपत्रेको काम सक्न दबाब दिँदै आएको छ । स्थानीयले समेत दर्जनौँ पटक चक्काजाम र टायर बालेर प्रदर्शन गरिसकेका छन् । स्थानीय प्रदर्शनमा उत्रिएपछि निर्माण व्यवसायीले यो मितिमा काम सक्छु भनेर थामथुम पार्ने मात्र काम गरेको पाइन्छ । यस क्षेत्रमा पुस्ता परिवर्तन भए पनि सडकको अवस्था भने फेरिन सकेको छैन ।
हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरले पत्र काट्ने, जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारीलगायतले बारम्बार ताकिता गर्दा पनि सडक निर्माण नगरेर ठेकेदारले स्थानीयको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको सर्लाहीका सहायक प्रमूख ज्ल्लिा अधिकारी शिव हरि पोखरेलले बताए ।
सर्लाहीमा मलङ्गवाको मुख्य बजार क्षेत्र, मुसैलीगाउँबाहेक अन्यत्र पूर्वपश्चिम हुलाकी सडक कालोपत्रेको काम भइसकेको छ । सडक कालोपत्रेका लागि ठेकेदारले बारम्बार म्याद थपाएर काम नगर्ने प्रवृत्ति दोहोरिँदै आएको छ । हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका इन्जिनियर रन्जित यादवले ठेकेदारले निकै सुस्त गतिमा काम गरेकाले कामको गति बढाएर कालोपत्रेको काम सक्न ताकेता जारी राखेको हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका इन्जिनियर रन्जित यादवले बताउनुभयो ।
लाखौं मानिसको जीवनलाई नराम्ररी प्रभावित बनाएको मलङ्गवाको हूलाकी सडकमा बर्सेनि माटो, बालुवा र गिट्टी खसाल्नेबाहेक काम हुन सकेको छैन । दशकौंदेखि प्रत्येक वर्षको सरकारी नीति कार्यक्रम र बजेटमा हुलाकी सडक निर्माणको कुरा सुन्दै आएका यहाँका बासिन्दाको आशा निराशामा परिणत भइसकेको छ । बजेटमा हुलाकी सडकको नाम सुन्दा फुरुरुङ्ग हुने मन केही वर्षयता आक्रोशित मात्रै देखिन थालेका स्थानियलाई ठेकेदार कम्पनिले छर्ट पछी काम सूरु गर्ने र सम्पर्न समेत गर्ने हिमडुङ एन्ड ठोकर÷हिरा एन्ड नमिता जेभीका ठेकेदार चन्द्रिका शाहले बताए ।
मधेसवादी दलको मात्रै होइन, कांग्रेस र कम्युनिस्ट पाटीका सबैको चुनावी मुर्दा हुलाकी सडक भने पनि सार्थक परिणाम कसैले दिन सकेनन । हुलाकी मार्ग नबनाएर यस क्षेत्रका जनतालाई राज्यले नै पछाडि पारेको होकी भन्ने आश्ङ्गका छ ।




