प्रेमनाथ पौडेल, सर्लाही । वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार : समावेशी सु–शासन र हरित समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सर्लाहीमा वन ऐन तथा कार्यविधि सम्बन्धी संवेदनशीलता कार्यक्रम तथा छलफल गोष्ठी सम्पन्न भएको छ।
हरिवन–८ स्थित शिवेश्वर सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सिताराम पोखरेलले अध्यक्षता गरेका थिए भने हरिवन नगरपालिकाकी नगर प्रमुख हरिमाया घलान प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा महासंघका जिल्ला उपाध्यक्ष प्रल्हाद बुढाथोकीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत वन व्यवस्थापनसँग सम्बन्धित बर्तमान कानुनी संरचना, उद्देश्य, लक्ष्य तथा कार्यविधि बारे विस्तृत जानकारी प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका बीचमा बागमती नगरपालिकाका प्रतिनिधि सन्तोष गदाललाई कार्यविधि पत्र हस्तान्तरण गरिएको थियो।
त्यसैगरी नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव सोम दियालीलाई महासंघले ढाका टोपी लगाएर सम्मान गरेको थियो।
कार्यक्रममा केही दिन पहिले माहसंघ मा रिक्त रहेको सदस्य पदमा मनोनित डाफे सामुदायिक बन उपभोक्ता समूह कि उपभोक्ता दुर्गा धिताल लाई अबिर को टिको र खादा लगाएर प्रमुख अतिथितथा अध्यक्ष पोख्रेल ले स्वागत गरेका थिए ।

यसै बिच प्रमुख अतिथि नगर उप प्रमुख घलानले वन संरक्षण र प्रवर्द्धन सबैको सामूहिक दायित्व भएको बताउनुहुदै
“वन भनेको घाँस–दाउराका लागि मात्र होइन, जन्मदेखि मृत्यु सम्म जीवनका हरेक आवश्यकता पूरा गर्ने आधार हो। सामुदायिक वनबाट आर्थिक उपार्जन गर्न सके उपभोक्ताको जीवनस्तर उकास्न सकिन्छ।”
उनले वन संरक्षणमा सबै पक्षको समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो

कार्यक्रममा बागमती नगरपालिकाका वन तथा रोजगार शाखाका प्रतिनिधि सन्तोष गदाल, पत्रकार सोम दियाली र अन्य वक्ताहरूले सामुदायिक वनको महत्व, उपभोक्ताको भूमिका तथा दिगो संरक्षणका आवश्यकताबारे आफ्ना धारणा राख्नु भएको माहसंघ कि माहसचिब सरस्वती दाहल ले बताउनु भयो ।

कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, सर्लाहीको आयोजनामा सम्पन्न भएको हो भने कार्यक्रम को संचालन सल्लाहकार संयोजक माथब थापा ले गर्नु भएको थियो ।




