प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीकोहरिवनमा विद्यार्थीहरूलाई लक्षित गर्दै ट्राफिक सेफ्टी (सडक सुरक्षा) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय माहदेब जनता नमुना विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
रोड सेफ्टी क्लब का अध्यक्ष राहुल ठाकुर को अध्यक्षता मा भएको कार्यक्रम मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही नवलपुर का प्रहरी प्रमुख ,प्रहरी निरीक्षक अशोक कुमार साह ले सदक सुरक्षा का साथै ट्राफिक्नियम को बारेमा प्रशिक्षण दिएका थिए ।
हाम्रो शहर परियोजना अन्तर्गत हेल्भेटास नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग मा बागमती सेवा समाज द्दारा गठित माहदेब जनता माबी रोड सेफ्टी क्लब को आयोजना मा कार्यक्रम सरोकारवाला निकायहरूको सहभागिता सम्पन्न भएको हो।
कार्यक्रममा ट्राफिक प्रहरी, विद्यालयका शिक्षक तथा सामाजिक क्षेत्रमा संलग्न व्यक्तिहरूको उपस्थिति थियो। सहभागी विद्यार्थीहरूलाई सडकमा सुरक्षित रूपमा हिँड्ने तरिका, ट्राफिक नियमहरूको महत्व, सवारी साधन चलाउँदा अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा सडक दुर्घटना न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी गराईएको समाज परिचालक बिधा पौडेल ले बताउनु भयो ।
कार्यक्रम का सहभागी हरुले विद्यार्थीहरू भविष्यका जिम्मेवार नागरिक भएकाले अहिलेको उमेरदेखि नै ट्राफिक नियमहरूको पालनामा सचेत बन्नुपर्ने मा जोड दिदै सडक दुर्घटनाका प्रमुख कारणहरू, मोबाइल फोनको दुरुपयोग, सवारीमा ओभरलोड, हेल्मेट तथा सुरक्षा सामग्रीको प्रयोग नगर्नु जस्ता समस्याहरूबारे उदाहरणसहित सचेतना फैलाउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक नियम बुझ्न तथा व्यवहारिक रूपमा जीवनमा लागू गर्न यस्तो अभिमुखीकरण उपयोगी भएको प्रतिक्रिया दिए।
सहभागी प्रशिक्षकहरूले सडक सुरक्षा एक सामूहिक जिम्मेवारी भएकाले विद्यालयदेखि समुदायसम्म सबैले मिलेर दुर्घटना न्यूनीकरणमा भूमिका खेल्नुपर्नेमा जोड दिए।




