सर्लाही । सर्लाहीमा इँटाको चाङले पुरिएर तीन मजदुरको मृत्यु भएको छ । हरिपुर नगरपालिका–५ मजुर्वास्थित वीरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकालने क्रममा पर्खाल खस्दा हरिपुर नगरपालिका–७ रामवन बस्ने अन्दाजी वर्ष ५० को फिताई मंसुर, सोही नगरपालिका–९ गौडेता बस्ने अन्दाजी वर्ष ३५को शम्भु राउत र भारतको लखेमपुर बस्ने अन्दाजी वर्ष ३५ अंगद कुमारको ज्यान गएको हो ।
शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
घटनामा थप दुई जना घाइते भएका छन् ।
सर्लाहीको मलंगवा नगरपालिका–७ बस्ने वर्ष ३२ का तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवा र सोही ठाउँका वर्ष ५२ का सत्य नारायण र रामवन बस्ने अन्दाजी वर्ष ५० का फिताई मंसुरको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको छ ।
शुक्रबार साँझ साढे ६ बजे बजे स्थानीय मार्फत जानकारी गराउन साथ उक्त स्थानमा इप्रका हरिपुर टोली खटी घटनास्थलमा गइ घाइतेहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा सर्लाही तर्फ पठाइएको थियो ।




