जेठ २, मलंगवा, सर्लाही । सर्लाहीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको अनुदान रकम भुक्तानी प्रक्रिया अगाडि बढाउन सर्लाहीमा साहयक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१/०८२ को उखु अनुदान रकम वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन विभिन्न निर्णय गर्दै बैठक प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया को प्रमुख आतिथ्यता मा सम्पन गरिएको हो।
बैठकमा उखु उत्पादक किसान, चिनी उद्योगका प्रतिनिधि, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, मिल सञ्चालक तथा सरोकारवालाको सहभागिता रहेको थियो।
बैठकले उखु किसानलाई उपलब्ध गराइने अनुदान रकम प्रती क्युन्टल रु ७०का दर ले हुने ४१करोड २२लाख २१हजार ८सय ६९रुपैया ५०पैसा सम्बन्धित किसानसम्म छिटो र सहज रूपमा पु¥याउन आवश्यक विवरण संकलन गर्ने निर्णय गरेको छ । प्राप्त कागजातअनुसार किसानले पेश गरेको विवरणका आधारमा वास्तविक भुक्तानी प्रक्रिया अघि कृषि ज्ञान केन्र मार्फ्ट बढाइने जनाइएको छ।
प्रस्तुत गरिएको बिबरण अनुसार अन्नपुर्ण सुगर मिल धनकौल ले क्रसिङ्ग गरेको ९लाख ९३हजार ७सय ५२क्युन्टल ,ध्री महालक्ष्मी सुगर मिल बगदह ले क्रसिङ्ग गरेको १६लाख २हजार ७ र इन्दुशंकर चिनी उधोग हरिवन ले क्रसिङ्ग गरेको ३२लाख ९३हजार१सय २३क्युन्टल उखु को उनुदान रकम तत्कालै उपलब्ध गराउन माग गरिएको हो ।
बैठकमा विभिन्न चिनी उद्योगबाट किसानलाई तिर्न बाँकी रकम, उद्योगले निकालेको रकम तथा सरकारबाट उपलब्ध गराइने अनुदान रकमको विवरणसमेत प्रस्तुत गरिएको थियो। कागजातमा उल्लेख भएअनुसार केही उद्योगले किसानलाई आंशिक रकम भुक्तानी गरिसकेको र बाँकी रकम जेष्ठ मसान्त समयभित्र उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

त्यसैगरी, किसानको नाममा उपलब्ध गराइने अनुदान रकम सम्बन्धित निकायमार्फत पारदर्शी रूपमा वितरण गर्न जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र तथा सम्बन्धित उद्योगबीच समन्वय गर्ने निर्णयसमेत गरिएको उखु किसान हकहित संरक्षण समितिका सचिब श्यामबाबू कार्कीले बताउनु भयो ।

बैठकले उखु किसानको हितलाई प्राथमिकतामा राख्दै बाँकी रकम यथाशीघ्र उपलब्ध गराउने र कुनै किसान अनुदानबाट वञ्चित नहुने वातावरण बनाउन सबै पक्षलाई सक्रिय हुन आग्रह गरेको छ।




