सर्लाही । नेपाल विद्युत प्राधिकरण, लालबन्दी वितरण केन्द्रले नवलपुर सबस्टेशन मर्मतका लागि लालबन्दी क्षेत्रमा दुई दिन बिहान विद्युत अवरुद्ध हुनेसबस्टेशन मर्मत कार्यका कारण लालबन्दी वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा सुचना जारी गर्दै विद्युत सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।
नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुर अन्तर्गत लालबन्दी वितरण केन्द्रद्वारा जारी सूचनाअनुसार जेठ ९ गते शनिवार र १० गते आईतबार बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म विद्युत आपूर्ति बन्द रहने जनाएको हो ।

सूचनामा ढल्केवर ग्रिड महाशाखाले नवलपुर सबस्टेशन मर्मत कार्य गर्न लागेकाले सो अवधिभर लालबन्दी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा प्रभावित हुने उल्लेख गरिएको छ।
विद्युत अवरुद्ध हुँदा उपभोक्तामा पर्ने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमायाचना समेत गरेको छ।




