सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले किसानहरुलाई लक्षित गर्दै विभिन्न बिउ बिजन तथा कृषि सामग्री बितरण गरेको छ । पालिका भित्रका किसानहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न कृषि सामग्री बितरण गरिएको बताइएको छ । कृषि प्रदान देशमा सबैले किसानको हितमा सोच्नु पर्ने हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल)को भनाइ छ ।
“किसानले उत्पादन गरेको अन्नले हाम्रो जीवन चल्ने तर, किसानको गुनासो हामीले नसुन्ने” परम्पराको अन्त्य हुनु पर्ने बुढाथोकीले बताए ।
हरिवन नगरपालिकाद्वारा सञ्चालन गरिएको “पकेट” कार्यक्रम अन्तर्गत किसानहरूलाई कृषि सामग्री वितरण गरिएको हरिवन नगरपालिका कृषि शाखाका प्रमुख तथा कृषि (बिज्ञ) बिष्णु प्रसाद गुरागाइँले जानकारी दिए । कार्यक्रममा बितरणस गरिएका सामग्रीहरु मल्चिङ, प्लाष्टिक, उन्नत बिउ, पानी ट्यांकी लगायतका आवश्यक कृषि सामग्री वितरण गरिएको गुरागाइँको भनाइ छ ।




