सर्लाही । सर्लाही एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डको आयोजनामा श्री कालीध्वज गण पाँचकुमारी ब्यारेक ,लालबन्दी मोडल हस्पिटल तथा लायन्स क्लब अफ लालबन्दि सिटी को संयुक्त आयोजनामा लालबन्दी न पा १२ जियाजोर स्थित श्री नारायण माध्यमिक विद्यालयमा संचालन भएको नि शुल्क स्वास्थ शिविर सम्र्पन भयको हो ।
ईश्वरपुर हेल्पिङ ह्याण्डको आयोजनामा श्री कालीध्वज गण पाँचकुमारी ब्यारेक ,लालबन्दी मोडल हस्पिटल तथा लायन्स क्लब अफ लालबन्दि सिटी को संयुक्त आयोजनामा गरिएको शिविरमा विभिन्न रोग सम्बन्धी परीक्षण र उपचार गरिएको थियो । शिविरमा महिला २०९ र पुरुष १०८ जना गरि जम्मा ३१७ जना लाभान्वित भएका लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डका अध्यक्षमा डा. आलोक कुशवाहाले जानकारी दिए ।
शिविरमा विशेष गरी हाडजोर्नी तथा नसा सम्बन्धी समस्या, बालरोग, प्रसूति तथा स्त्रीरोग, सामान्य चिकित्सा सेवा (जनरल फिजिसियन), उच्च रक्तचाप, दम, मधुमेह (सुगर) दन्तंरोग विज्ञ प्रमोल यादब लगायतका रोगहरूको परीक्षण तथा उपचार गरिएको थियो ।
साथै बिरामीहरूलाई निःशुल्क औषधि वितरण र आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो । शिविरमा फिजिसियन डा. आलोक कुमार कुशवाह, हाडजोर्नी विशेषज्ञ डा. अशोक शाह, बालरोग विशेषज्ञ डा. अर्जुन लामा, स्त्रीरोग विशेषज्ञ डा. लिमु साह तथा डा. कुन्दन सिंह लगायतका चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै डा. आलोक कुमार कुशवाहले यस्ता निःशुल्क शिविरले विशेष गरी आर्थिक रूपमा कमजोर तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने नागरिकलाई ठूलो राहत पुग्ने बताए । उनले समयमै रोग पहिचान र उपचार गर्न सके जटिल समस्या हुनबाट बच्न सकिने उल्लेख गरे ।
स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता शिविरहरूले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै रोग पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डको आयोजनामा श्री कालीध्वज गण पाँचकुमारी ब्यारेक ,लालबन्दी मोडल हस्पिटल तथा लायन्स क्लब अफ लालबन्दि सिटी श्री नारायण माध्यमिक विद्यालय प्रमुख लगायतको उपस्थिति रहेको लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड”का सदस्य मुकेश साफीले जानकारी दिए ।





