चितवन । नेपाल विद्यार्थी संघ चितवनले सहारा घरमा खाना खुवाएकाे छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीकाे अवसरपारी शुक्रवार ने.वि.संघ चितवनले सहारा घर चितवनमा रहेका असाह्यहरूलाई काेराेना कहरकाबिच सामाजिक दूरी कायम गरेर खाना खुवाएकाे हाे ।
ने.वि.संघ चितवनको युवा नेता मित्रनिधि तिवारीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ने.वि.संघ सिएमएसका पूर्व अध्यक्ष एवम् सिटिइभिटीका केन्द्रिय उपाध्यक्ष आशीष पौडेल, ने.वि.संघकाे केन्द्रिय सदस्य कल्पना पौडेल, मैयाँ देवी कन्या कलेज ने.वि.संघकी अध्यक्ष प्रनिशा गुरुङ्ग, विद्यार्थी नेता उत्तम पौडेल, विनिता बोहरा, धर्मनाथ यादवलगाएतकाे उपस्थित रहेकाे थियाे ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




