सरकारी कार्यालयमा सेवालिन जाने सर्वसाधारणलाई कार्यालयले दिने सेवा सुविधा, लाग्ने दतस्तुर र लिने प्रकृयाका विषयमा जनाकारी गराउन चितवनका सरकारी कार्यालय अगाडि राखिका बडापत्र आफै अलपत्र परेका छन । कार्यालय अगाडि बोड्र्र बनाएर राखिएका कतिपय बडापत्र खुईलिएर गएका छन भने भित्तामा लेखेर राखिएका कतिपय वडापत्र झारपातले पुरीएर नवुझने भएका छन । अक्षर नबुझिने अवस्थामा रहेका छन । कार्यालयवाट दिने सेवा र लाग्ने दस्तुरका विषयमा सेवाग्राहीलाई जानकारी दिन राखिएको नागरीक वडापत्र कर्मचारीहरुले व्यवहारमा प्रयोग नगर्ने गरेको नागरीकको गुनासो छ ।
पछिल्ला समयमा भएका परिवर्तन भएका कुरा नसमेटिएको, नियमा अनुसार आर्थिक ऐनमा तोकिए वमोजिम जस्ता शब्दले सेवालिन जाने नागरिकलाई अप्ठेरो परिराखेको सेवाग्रहीहरुको धारणा छ । भएका वडापत्र पनि अस्पष्ट शब्द र वाक्यांसले सर्वसाधारणलाई वुझनका निम्ती कठिनाई भईरहेको अवस्था छ । यस्ता अस्पष्ट शव्दले कर्मचारीलाई अनियमितता गर्न सजिलो भएको देखिन्छ । नागरिकमा चेतना र कर्मचारीमा चासोका कमीका कारण सरकारी कार्यालयमा रहेका नागरिक वडापत्र अलपत्र परेको हो ।
कार्यालयमा सेवा लिन जाने आम नागरिकका लागि के के सेवा दिने कति समयमा दिने कति शुल्क दिने कसलाई भेटने भन्ने विषयमा कार्यालयमा राखिएको नागरिक बडापत्र आफै अलपत्र परिरहदा सम्वन्धित कार्यालयको कर्मचारीको ध्यान गएको पाइदैन । सर्वसाधारण सवैको आखा पर्ने स्थानमा राखिएको भनिएको वडा पत्रमा परिवर्तन भएको धेरै कुराहरु समय समयमा परिवर्तन गरिएका हुन्नन । वडा पत्रमा उल्लेख गरिएका व्यक्ति र सेवा कहिल्यै मिल्दैन । सर्वजानिक कार्यालयमा रहेका कर्मचारीहरुले यस विषयमा चासो राख्न ढिलाई भइरहेको छ । अझै महत्वपुर्ण कुरा सरकारी कार्यालयमा सेवा लिन जाने नागरिकलाई समयमै सेवा सुविधा नदिइएमा वा ढिलासुस्ती भएमा समयको मुल्याकनगरी क्षतिपुर्ति समेत दिने व्यवस्था समेत आएको थियो ।
हरेक सरकारी कार्यालयले क्षतिपुर्ति सहितको नागरिक वडापत्र राख्नुपर्ने स्पष्ट प्रावधन भएको थियो । कार्यालय अगाडी राखिएका नागरिकवडा पत्रमा उल्लेख गरिए अनुसारको सेवा सुविधा नागरिकले नपाएमा क्षतिपुर्ति उपलव्ध गराउने व्यवस्था थियो । पहिलो आउनेलाई पहिलो प्रथामिक्ताको आधारमा सेवा दिने नारा केवल नारामा मात्र सिमित रहेको छ । सवैको हितमा राखिएको वडापत्र अलपत्र वन्दै जानुमा त्यस कार्यालयका कर्मचारीको मात्र भुमिका हुदैन । सेवा लिन जाने नागरिकहरुको पनि त्यस वडापत्रलाई हेरेर त्यही अनुसार काम गर्ने गराउने संस्कारको विकास हुन आवश्यक छ । नागरिकहरुले पनि आफुहरुका लागि वनेको वडापत्रको प्रयोगमा पहल गर्न आ आफनो क्षेत्रवाट सहयोग गर्न आवश्यक छ । सर्वजानिक निकायको सेवालाई पारदर्शी र सहज वनाउनकोलागि सहयोग गर्ने गरी राखिएको वडापत्रको प्रयोग वढाउन हामी सवैको समान भुमिका रहन्छ । त्यसैले भएको वडापत्रको संरक्षण नभएको स्थानमा स्पष्ट रुपमा राख्न र त्यही अनुसार सेवा लिने लिने दिने काममा सवैले सधैका लागि सवैका लागि अभियान चलाऔ र नागरिक वडापत्र अलपत्र हुनवाट बचाऔ ।




