गायक सन्जीव पराजुलीको नयाँ गीत ‘छैन मलाई पीर’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र सङ्गीत रहेको डान्सिङ गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन् । गीतमा मोहित मुनालको एरेन्ज छ । ग्रामीण परिवेशको लोकेसनमा छायाँकन गरिएको गीतमा कुसुमलाई मनमनै मनपराएर उनीसँग नाँचेको कल्पना गर्ने नाजिर त्यतिबेला झसङ्ग हुन्छन्, जतिबेला कुसुमको इन्गेजमेन्ट सन्जीवसँग हुन्छ । भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाँकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ । यो भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।सन्जीवको स्वरमा रहेका गीतहरु ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायतका गीतहरु दर्शकले रुचाएका गीतमा पर्दछन् ।
गायक सन्जीवको ‘छैन मलाई पीर’ सार्वजनिक
गायक सन्जीवको ‘छैन मलाई पीर’ सार्वजनिक
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




