सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ मा प्रहरीले नियमित चेकजाँचका क्रममा करिब २३ लाख रुपैयाँ बराबरको फूलसहित दुई वटा पिकअप गाडी नियन्त्रणमा लिँदै तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरि कार्यालयको सर्लाहीको प्रहरिे टोलीले २०८३ वैशाख १ गते साँझ करिब ६ः३० बजे चेकजाँच गर्ने क्रममा बा.प्र.०१–०२६ च.०२२९ र बा.प्र.०३–००१ च.१८८५ नम्बरका दुई वटा पिकअप गाडी रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा दुबै गाडीबाट करिब १ लाख रुपैयाँ बराबरको शंकास्पद फूल फेला परेको सर्लाही प्रहरीले जनाएको छ । साथै, गाडीको मूल्यसमेत जोड्दा कुल करिब २३ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो ।
सर्लाही प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामा रौतहटको गरुडा नगरपालिका–२ का २६ वर्षीय सन्दिप राय, ३२ वर्षीय सरोज सहनी र सर्लाहीको पर्सा गाउँपालिका–६ का ३२ वर्षीय सन्तोष भण्डारी पनि रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले सर्लाही भन्सार कार्यालय मंलगबा सर्लाही बूझायको र थप अनूसन्धान भैरहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सूचना अधिकारी एवंम प्रहरि निरिक्षक बिन्देश्वर यादब बताए ।





