भक्ती रिजाल, सर्लाही । सामाजिक क्षेत्रमा नाम कमाइ सकेका युवा समाजसेवी बिजय अधिकारी द्वारा संचालित उरबा कन्सल्टेन्सीले जापान लगायतका अन्य देशहरुमा जानका लागि हरिवनमै भरपर्दो “उराबा”कन्सल्टेन्सी संचालनमा ल्याएको छ ।
जापान, अस्ट्रेलिया, युके तथा डेनमार्क जस्ता देशहरुमा आफ्ना नानीहरुलाई सहज र भरपर्दो ढंगबाट पठाउन सकिने कन्सल्टेन्सीको खोजी गरिरहेका अभिभाबकहरुका लागि भरपर्दो सेवा प्रदान गर्न आफुहरु तत्पर रहेको कन्सल्टेन्सीका प्रमुख अधिकारीले बताए ।

कन्सल्टेन्सीमा भासा पढाउनुका साथै डकुमेन्टेसन, बैक संगको पहुच र पारदर्शिता तथा सम्बन्धित देशका कलेज र सम्पर्क ब्यक्तिहरु संगको पहुचका बारेमा सिकाइने अधिकारीले दाबी गरे ।

युवा नेतृत्वमा आधारित यस्ता सामाजिक कृयाकलापहरुले समाज रूपान्तरणमा टेवा पुग्नुका साथै युवाको भबिस्य कोर्न “उराबा” कन्सल्टेन्सी सफल हुने स्थानीय व्यापारी युबराज भन्डारी बताउँछन् ।




