सर्लाही । मधेस प्रदेशका नेकपा एमालेका प्रदेश सांसद सरोज कुमार यादवले आज बिहान आज बिहान महोत्तरी जिल्लाको कालापानी स्थित पानस कटेजमा प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीबाट मधेश प्रदेशको मुख्यमन्त्रीको सपथ लिएका हुन् ।

केहि दिन देखि गर्माएको मधेस प्रदेशको दलीय राजनीति अन्तत प्रदेश प्रमुखको दोहोरो रोलको कारण सितल भएको छ । प्रदेश प्रमुख भण्डारील महोत्तरी जिल्लाको कालापानी स्थित पानस कटेजमा यादबलाई मुख्यमन्त्रीको सपथ गराएको घटनाले मधेस प्रदेशमा राजनीतिक तरंग सुरु भएको छ भने प्रदेश प्रमुख भण्डारीले प्रदेशको गरिमालाई धुमिल बनाएको आरोप समेत लागेको छ ।
महोत्तरीको कालापानी स्थित पानस कटेजमा यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाइन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।
यता भर्खर नियुक्त भएका मुख्यमन्त्रीले जनकपुरमा अवस्था सहज नभएको कारण
महोत्तरीको कालापानी स्थित पानस कटेजमा आएर सपथ लिनु परेको बताएका छन् भने प्रदेश प्रमुख भण्डारीले आफु बिरामी भएर काठमाडौं जान लागेको कारण महोत्तरी कालापानी स्थित पानस कटेजमा सपथ गराउनु परेको बताएकी हुन् ।
विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाएका छन् ।




