सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानबाट कृषि प्रयोजनका ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवामा आज मगंलबार आयोजित पत्रकार सम्मेलन मार्फत पक्राउ परेका ५ जना नेपाली र ४ जना भारतीय गरी ९ जनालाई सर्लाही प्रहरीले सार्वजनिक गरेको हो ।
१ इलाम जिल्लाको माईजोगामाइ गाउपालीका वडा नम्बर ४ बस्ने रोम अधिकारीको छोरा अन्दाजि वर्ष ं.२८ को दुर्गा अधिकारी
२. सिन्धुपाल्चोक जिल्लाको पाखर गाउपालीका वडा नम्बर १ बस्ने दल बहादुर लामाको छोरा अन्दाजि वर्ष ४२ को सोनम लामा
३. महोत्तरी जिल्लाको बर्दिवास नगरपालीका.वडा नम्बर ३ बस्ने सुकविर माझीको छोरा अन्दाजि वर्ष .५३ को बुधे माझी
४. देश भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी जिल्ला चिरैया थाना वडा नम्बर ६ घर भई हाल जिल्ला पर्सा बीरगंज महानगरपालीका वडा नम्बर १५ स्थित कवाडी गोदाम गरी बस्ने किसुन सहनीको छोरा अन्दाजि वर्ष .५० को सुखाडी सहनी
५. देश भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी जिल्ला चिरैया थाना वडा नम्बर ६ घर भई हाल जिल्ला पर्सा बीरगंज महानगरपालीका वडा नम्बर १५ स्थित कवाडी गोदाम गरी बस्ने सुखाडी सहनीको छोरा अन्दाजि वर्ष २० को सरोज कुमार सहनी
६. देश भारत बिहार राज्य मोतिहारी जिल्ला हरदिया बस्ने मो.उसमानको छोरा अन्दाजि वर्ष ५५ को मो.रयाजुल
७. जिल्ला पर्सा बीरगंज महानगरपालीका वडा नम्बर १६ बस्ने नवलकिशोर ओझाको छोरा अन्दाजि वर्ष ३३ को दिलिप कुमार ओझा
८. देश भारत बिहार राज्य जिल्ला समस्तीपुर मोहरी टोल बस्ने राम सकल पदार्थको छोरा अन्दाजि वर्ष ३५ को संजित पदार्थ
९. जिल्ला बारा जितपुर सिमरा उपमाहानगरपालीका वडा नम्बर ६ स्थित गढीमाई मेटल प्रा.लि.का संचालक जितपुर सिमरा उपमाहानगरपालीका वडा नम्बर ६ बस्ने बिश्वनाथ श्रीवास्तवको छोरा वर्ष ३९ को कृष्ण श्रीवास्तव रहेका छन ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले ट्रान्सफर्मर फोरेर तामाका तार चोर्ने, त्यसलाई विभिन्न धातु उद्योगमा बिक्री गर्ने तथा नेपाल–भारत सीमानाबाट अवैध रूपमा तस्करी गर्ने गरेको प्रारम्भिक बयानबाट खुलेको छ ।
उनीहरूबाट विभिन्न आकारका चोरी गरिएका ट्रान्सफर्मरका ५१ थान औजार–उपकरण, तथा चोरीमा प्रयोग गरिएका दुई वटा ई–रिक्सा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई चोरी सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरि अनुसन्धान सूरु गरियको सर्लाही प्रहरिले जनायको छ ।




