भक्ती रिजाल
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर- ११ मा रहेको भिजन प्वाइन्ट अप्टिकल हबले चतुरभुजेश्वर जनता बहुमुखी क्याम्पसमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ ।
“आँखा जाँच गरौंं स्वस्थ रहौं” भन्ने नाराका साथ आँखा जाँच शिबिर सम्पन्न भएको हवका निर्देशक प्रेमराज दाहालले जानकारी दिए ।
Advertisement
हबले चतुरभुजेश्वर जनता बहुमुखी क्याम्पसमा नि:शुल्क आँखा जाँच तथा आइ ड्रप उपलब्ध गराइको भिजन प्वाइन्ट अप्टिकल हबका सञ्चालक उज्ज्वल तिमल्सिनाले बताए ।

भिजन प्वाइन्ट अप्टिकल हबले बिगत देखिनै आँखा जाँच तथा अन्य सेवाहरु प्रदान गर्दै आएको हुँदा सेवा लिन सबै जनसमुदायमा अनुरोध गरिएको हबका निर्देशक दाहालको भनाइ छ ।

यो खालको सकारात्मक कामले आफुहरुलाइ उत्साही बनाएको चतुरभुजेश्वर जनता बहुमुखी क्याम्पसका प्रमुख डाक्टर हरिलाल मैनालीले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




