परियोजनामा सहसचिवको दरबन्दी छ तर, १९ महिनादेखि सरकारले नियुक्तिमा चासो लिएको छैन ।

सर्लाही । सर्लाहीको सागरनाथ वन क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको पाइएको छ । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ,हातीलेद, लक्ष्मूनीया,मुर्तीया जंगलमा व्यापक काठ तस्करी भएको छ । पछिल्लो समय सर्लाहीको सागरनाथ वन विकास परिवजनाको अवस्था हेर्ने हो भने बन तस्करहरुले व्यापक फँडानी गरेको पाइएको छ । सागरनाथ वन विकास परियोजना निमीत्त कार्यालय प्रमुख सहित परियोजनाका अधिकृत,रेन्जर र वन हेरालूहरु मौन देखिनुले उनी हरुको संग्लग्नतामा परियोजना भित्रको जंगलमा व्यापक काठ तस्करी भएको पाइएको छ ।
सागनाथ वन विकास परियोजना सूरु भयको ४७ बर्ष पूगेको छ । सिसौ मसला लगायत छिटो हूर्कने प्रजातिका बिरुवा रोपी काठ उत्पादन बढाउने उद्देश्यले वि ःस २०३५ सालमा सरकारले यो परिवजना सूरु गरेको हो । परिवजनाले सर्लाही महोत्तरी र रौतहट जिल्लामा गरि करिब १३ हजार ५सय हेक्टर वन क्षेत्र ओगटेको छ । विकास समिति ऐन २०१३ मा टेकेर सरकारले २०३३ सालमा वन पैदावार विकाश समिति गठन ग¥यो । २०३५ साल साउन ११ गतेको आदेशको पहिलो संशोधन भएपछि वन पैदावार विकाश समिति अन्तर्गत सागरनाथ वन परिवजना स्थापना भयको हो । सागरनाथ वन विकास परियोजना एसियाकै दोस्रो ठूलो परियोजना हो ।
सम्पूर्ण वनकर्मीहरूको अध्ययन थलो रहेको सागरनाथ वन विकास परियोजना नेपालकै सबैभन्दा ठूलो वृक्षारोपण र कपिस व्यवस्थापनको नमुना वन क्षेत्र सागनाथ वन विकास परियोजना हो । नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व संकलन गर्ने संस्था सागनाथ वन विकास परियोजना हो । यही परियोजनाका जंगलमा व्यापक काठ तस्करी भएको पाइएको छ । काठ तस्करीका कारण परियोजनाका कर्मचारीले करिब १३ महिना देखी तलब पाएका छैनन् ।
सागनाथ वन विकास परियोजना अन्र्तगत मुर्तीया जंगलमा व्यापक काठ टिक,साल र खयर जस्ता रुखहरु तस्करी भएको छ । तस्करहरुले परियोजनाका कर्मचारी अधिकृत,रेन्जर र वन हेरालूहरु मौन देखिनुलेनि सबैसङ्ग सेटिङ्ग मिलाएर रुख काट्ने र ओसारपसार गर्ने गरेको स्थानिय संजय यादब बताउ छन ।
काटेर तयार पारिएका टून दिउँसो, साझ वा रातीको समयमा तस्करहरुले सवारी साधनहरु प्रयोग गरेर लैजाने गरेको स्थानिय बताउ छन । परिवजना निमीत्त कार्यालय प्रमूख खेमलाल बिकको भरमा छोडदा परियोजनाको जंगलबाट अहिले व्यापक मात्रामा बहूमूल्य काट तस्करी भइरहेदा पनि वन पैदार विकास समितिका अध्यक्ष धनन्जय लामीछाने मैन बस्नूलेनि बूझीन्छ उनिहरुको मीलेमहतो छ भनेर ,परियोजना प्रमूख खेमलाल बिकले आफू खुसी सेवा करार तथा दैनिक ज्यालादारी चौकीदारमा आफ्ना नातागोता पर्नेलाई नियुक्ति गरेको पाइयको छ । परियोजनामा करार तथा दैनिक ज्यालादारी चौकीदार राख्नू परेमा वन पैदावार विकास समितिको बोर्डले आवश्यक अनुसार करार सेवा वा सेवा करार का कर्मचारी नियुक्ति गर्ने व्यवस्था हुन्छ तर तत्कालीन निमित्त प्रयोजना प्रमुख सहायक वन अनुसन्धान अधिकृत विकले आफूखुसी आफ्ना नातागोतामा पर्नेलाइ नियुक्ति गरेको छन । निमित्त प्रयोजना प्रमुख सहायक वन अनुसन्धान अधिकृत नियम विपरीत काम गर्दा पनि वन पैदार विकास समितिका अध्यक्ष लामीछाने मैन रहेका छन् । परियोजनाको प्रमुखमा सह सचिबको दर्रबन्दी भयकोमा वन पैदावार विकाश समितिका अध्यक्ष धनन्जय लामीछानले कार्यालय प्रमूखमा सह सचिब पठाउनमा चासो नै राखेका छैनन । उनले आफ्ना ईसारामा चल्ने सहायक अनूसन्धान अधिकृतलाई निमीत परियोजना प्रमुख बनायर परियोजनामा राखीरहेका छन ।

परियोजनाको जंगलका विभिन पलट अहिले व्यापक मात्रामा बहूमूल्य काट तस्करी भइरहेको छ । परियोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी हाल करिब एक सय २० जना कर्मचारी रहेका छन् । परियोजनाका कर्मचारीहरुले परियोजनाको गस्ती समेत नगर्ने गरेको तस्करहरुले व्यापक वन फँडानी गरेकोबाट पनि थाहा पाउन सकीनछ । परियोजनाको सवारी साधन समेत दुरुपयोग भैरहेको छ । परियोजनाको सवारी साधन बन गस्तीमा भन्दापनि अरुनै काममा बढि पयोग हूने गरेको स्थानिय बताउछन ।
सागरनाथ वन विकास परियोजनाको सागरनाथ,हातीलेद,मुर्तीया,लक्ष्मूनीया जंगलमा अवस्थित परियोजना क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेको पाइएको छ । सागरनाथ वन विकास परियोजना निमीत प्रमुख सहित परियोजनाका अधिकृत,रेन्जर र वन हेरालूहरु मौन देखिनुले उनीहरुको संग्लग्नतामा परियोजना भित्रको सागरनाथ,हातीलेद,मुर्तीया, लक्ष्मूनीया जंगलमा व्यापक काठ तस्करी भएको पाइएको स्थानीय बिजय लामाले बताएका छन् ।
सागरनाथ वन विकास परियोजनाको सागरनाथ,हातीलेद,मुर्तीया जंगलमा अवस्थित परियोजना क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका ठाउहरु चोरि भयको सागरनाथ क्षेत्र, भक्तिपूर क्षेत्रकै हरिओ डाडा मसला पलट,हातीलेद क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका ठाउहरु हातिलेड क्षेत्रको विभिन मसला तथा साल पलट,कूस्माडी क्षेत्रको,मुर्तीया क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका विभिन पलट , बालगंगा पलट जिरायत पलटलगायतका परियोजनामा तस्करहरुले व्यापक वन फँडानी र परियोजनाका वन ब्यापक मात्रामा अतिक्रमण गरेको पाइएको छ ।

परियोजनाको सर्लाहीे र महोत्तरि क्षेत्रमा तस्करहरुले परियोजनाका वनमा व्यापक वन फँडानी र वन अतिक्रमण गरेको पाइएको छ । प्रतिबन्धित वहुमूल्य काठहरु काँटिदा समेत सरोकार बाला निकायलाई जानकारि गराउदा समेत मैन देखियका छन । परियोजनामा काठ तस्करी हुँदा बिक्रीका लागी परियोजना परिसरमा थुपारेर राखिएको काठ बिक्री नभयको स्थानिय रामबली पण्डीत बताउ छन ।
सो बिसयमा सागनाथ वन विकास परियोजना निमीत परियोजना प्रमुख खेमलाल बिकलाई सोध्दा तस्करी कम गर्न हामी परियोजनाका कमर्चारि लागीपरेका छै । तस्करी कम गर्न समय तोकेर भन्दा पनि छिटो भन्दा छिटो तस्करी कम गर्ने परेत्न गर्ने छौ भन्दै परियोजनाको तस्करी नभय जसोगरी निमीत परियोजना प्रमुख खेमलाल बिक पन्छिय ।
वन जंगल तस्कर हुँदा पनि सम्बन्धित मन्त्रालय र वन पैदावार विकास समिति मौन बसिरहेका छ्न । परियोजनामा सक्षम प्रयोजना प्रमुख र कार्यकारी अध्यक्ष धनन्जय लामीछाने मौन रहदा सागरनाथ वन विकास प्रयोजनाको वन जङ्गल तस्करहरुको रजाइ भयको स्थानीयबासी बताउछ्न । सहायक अनूसन्धान अधिकृतलाई निमीत परियोजना प्रमूख खेमलाल बिकलाइ तिन महिनाको लागी परियोजनामा २०८१÷साउन १५ गते आयका थिय । उनको तिन महिने कार्याकाल २०८१ कात्तिक १५गते तिन महिना सकीयको छ । समय सकीय पनि निमीत परियोजना प्रमूख सागरनाथ वन विकास परियोजनामै छन । उनि परियोजनामा रहदा वन तस्करी रोक्न तथा बन अतिक्रमण रोक्ने सकेका छैनन ।
परियोजनामा हूने तस्करि रोक्न नसक्नाले अहिले परियोजनाको घाट गद्धिमा बिगत करिब ५ बर्ष देखी बिभीन्न जातका बहुमूल्य जातका काठ घाट गद्धिमा थन्की रहेका छन । घाट गद्धिमा करिब ५० हजार क्यूबिकफिट काठ बिक्री नभएर कूहीने अबस्थामा रहदा सम्म परियोजना सो काठ बिक्री गर्न कूनै तदारुपता देखाउन सकेको छैन । परियोजनाको काठ बिक्रीका लागी परियोजना परिसरमा थुपारेर राखिएको टिक गोलिया ए र वी ग्रेड २७२.५० क्यूकिट रू ३ लाख ६५हजार ८ सय १६ र टिकको बल्ली ए र बी ग्रेड ४७,७४७.१५ क्यूफिट मूल्य रू ३ करोड ९१ लाख ६४ हजार ९ सय ७३ रुपैया बरबबरको काठ बीगत करिब ३ बर्ष देखी बिक्री नभयको परियोजनाले जनायको छ ।
वन पैदावार विकास समिति र रेल विभाग बिच भएको परिमार्जित सम्झौता अनुसार वालवरणिय व्यवस्थापन योजना का लागी सागरनाथ वन विकास परियोजना मा संचालन गरिनु पर्ने कार्यक्रमहरुका लागी आयको रकम विभिन काम जस्तै वातावरणीय व्यवस्थापन योजनाका लागि सागरनाथ वन विकास परियोजना मा सञ्चालन गरिनु पर्ने बाँकी कार्यक्रमको लागि अनुमानित रकम रु १ करोड ६० लाख विभिन्न शीर्षकमा खर्च भयको भय पनि काम गूणस्तरहिन भयको परियोजनाकै कर्मचारीहरु बताउ छन । परियोजनाको ९० हेक्टर वृक्षारोपण , नर्सरी इन्फा एरिया तारबार,नर्सरी मर्मत सम्भार नाला निर्माण , सुरक्षा प्रवर्धन कार्यालय भवन कम्पाउन्ड कर्मचारी भवन मर्मत सुरक्षा व्यवस्थापन , कार्यालय सामान मेसिन औजार खरिद, वृक्षारोपण संरक्षण को लागि गाँड पोस्ट निर्माणमा गूणस्तरहिन भयको परियोजनाकै कर्मचारीहरु बताउ छन ।
सागरनाथ वन विकास परियोजनामा सहसचिवको दरबन्दी भएपनि परियोजनामा हाल सहसचिव करिब १९ महीना देखी छैनन् । कार्यालयमा प्रमूखमा सह सचिब नहूदा परियोजनाको अवस्था खस्किँदै जाने थालेको छ । परिवजना निमीत्त कार्यालय प्रमूखको भरमा छोडदा परियोजनाको जंगलबाट अहिले व्यापक मात्रामा बहूमूल्य काट तस्करी भइरहेको छ । परियोजनामा खयर र भिस कटानमा अनियमीतता समेत भयको परियोजनाका कर्मचारी र ब्यापारिले गूनासो समेत गरेका थिय ।
परियोजना काठ बिक्री भयको रकम मध्यको २० प्रतिसद रकम उपदानकोसमा राख्ने ब्यबस्था हून्छ । त्र काठ बिक्री नभयकोले उपदान समेत दिन नसकेको बताउछन । कर्मचारीहरुले जागिर सकियपछी उपदान पाउने ब्यबस्था भयपनि जागिरबाट अबकास भयका करिब २० जनाले अहिले सम्म उपदान पायका छैनन् । भने करिब २ जनाको उपदान आउने आस कूर्दा कूदै जेहान्त समेत भैसकेको छ ।
वन ऐन, २०७६ मा राष्ट्रिय वन फाँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर कानुन पालना गराउने निकाय एवम् परियोजना कर्मचारी हरुले खासै चासो नदिदाँ तस्करहरुको मनोवल बढ्दै गइरहेको छ । साभार ः न्यूज२४ दैनिकबाट





