सर्लाही । सर्लाहीको हरिवनमा जलवायु परिवर्तन नीति तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोग, बागमती सेवा समाज नेपाल र हेल्भेटास नेपालको साझेदारी तथा हरिवन नगरपालिकाको समन्वयमा “हाम्रो शहर परियोजना” अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
नयारोडा,स्थित होटल होलिडे इनमा आयोजित कार्यक्रम हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,विभिन्न बिषयगत शाखा का प्रमुख वडाका सचिब तथा विपद् जोखिम न्यूनीकरण (DRR) फोकल पर्सनहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जलवायु परिवर्तनका असर, स्थानीय तहमा अनुकूलनका उपाय तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐनको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले नगरस्तरमा जलवायु अनुकूलन कार्ययोजना निर्माण, प्रभावकारी कार्यान्वयन, आवश्यक बजेट व्यवस्थापन तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका अध्यक्ष फुयालले नगरपालिकाले जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण क्षेत्रमा प्रभावकारी योजना निर्माण गरी कार्यान्वयनका लागि आवश्यक स्रोत–साधन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समुदायस्तरसम्म प्रभाव पार्ने कार्यक्रम सञ्चालन गरी सुरक्षित र दिगो नगर निर्माणमा जोड दिनुपर्ने बताए।

कार्यक्रमको उद्देश्य र महत्वबारे बागमती सेवा समाज नेपालको “हाम्रो शहर परियोजना” का कार्यक्रम संयोजक रजनिश कुमार सिंहले प्रकाश पार्दै स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीचको सहकार्यबाट मात्रै यस्ता प्रयासहरू प्रभावकारी हुने धारणा व्यक्त गरेका सहजकर्ता बिद्या पौडेल ले बताईन ।

यस्ता अभिमुखीकरण कार्यक्रमहरूले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै जलवायु परिवर्तन र विपद् व्यवस्थापन क्षेत्रमा समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको समाजकि अर्का सहजकर्ता पुनम भट्टराई ले बताईन् ।कार्यक्रम मा प्रशिक्षक पुष्करमणि घिमिरे ले सहजीकरण गर्नुभएकोआयोजक संस्था बागमती सेवा समाज ले जनाएको छ ।




