चितवन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’ का कारण समस्यामा परेका भाडावाललाई युवा व्यवसासी एवं समाजसेवी सुनिल कुमार क्षेत्रीले भाडा छुट दिने घोषणा गरेका हुन् । कोरोनाको संक्रमणका कारण बिश्व नै आतंकित भइरहेको अवस्थामा ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएकाले आफ्नो घरको व्यवसायी सटर भाडामा मिनाहा गरिदिएको क्षेत्रीले बताए।
देशको बिषम परिस्थितिलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिका वडा ५ , कैलाशनगर, मुनालचोकका व्यवसायी सटरको भाडा निशुल्क गरेका हुन । मनकारी युवा व्यवसायी क्षेत्रीले चैत्र, बैशाख र जेठ महिनाको करीब ४५ हजार बराबरको व्यवसायी सटर छुट दिएका हुन् । समाजसेवी क्षेत्रीले यस अघि पनि लकडाउनको अवसरमा दुई–दुईपटक राहत र अन्य विपद्का समयमा थुप्रै सामाजिक कामहरुमा सहयोग गरिसकेका छन् । भाडा निशुल्क घोषणा गरेसंँगै सामाजिक सञ्जालमा उनको प्रशंसा गर्नेको ओइरो लागेको छ ।




