चितवन । सुनको कारोबार खुलेको पहिलो दिनमा नै प्रति तोला १० हजार ४०० रुपैयाँले बढेको छ । लकडाउन खुकुलो भएर कारोबार सुरु भएको आईतबार पहिलो दिनमा नै त्यती ठुलो रकम बढेको हो ।सुनको मुल्य बढे संगै नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि नेपाली बजारमा पनि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो । सुनको मूल्य लकडाउनअघि चैत १० गते प्रतितोला ७७ हजार रुपैयाँ थियो । महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




