काठमाडौं । काठमाडौको केन्द्र कान्तिपथमा रहेको ऐलो प्यागोडा होटलले आफ्नो आन्तरिक तथा बाह्य पर्यटकको लागि कोरोना सुरक्षा मापदण्ड अपनाएर सेवा दिन शुरु गरेको छ । कोराना भाइरसको महामारीका कारण सबै जसो पर्यटन व्यवसाय ठप्प भएको बेला होटल प्यागोडाले उच्च स्वास्थ्य सुरक्षा सहित सेवा दिन शुरु गरेको हो ।
होटलले हरेक कोठा, बेड, डाइनिङ्ग, काउन्टर लगायतका स्थानहरुमा बैज्ञानिक मापदण्ड अनुसार किटाणुरहित बनाएको जानकारी दिएको छ । होटलका प्रबन्ध निर्देशक अनिल राजभण्डारीका अनुसार होटलका कर्मचारीका साथै ग्राहकको स्वास्थ्यलाई उत्तिकै मध्यनजर गर्दै स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । कर्मचारीको लागि पिपिई र सेवाग्राहीको लागि स्वास्थ्य सेवा सामाग्री उपलब्ध गरी सेवा शुरु गरिएको निर्देशक राजभण्डारीको भनाई छ ।‘ग्लोबल कोरोना भाइरस महामारीको बखत, प्रत्येक व्यक्तिको सरसफाई र सुरक्षा सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ। यसैले होटल यस बिषयमा थप सजक र गम्भिर छ ’ उनले थपे । ग्राहकको माग र विश्वास अनुसार गुणस्तरीयता र सरसफाइको लागि होटलले सुरक्षा प्रोटोकल अनुसार सेवा दिईरहेको राजभण्डारी जानकारी दिए ।
होटेलले हाल मोबाइल चेक–इन र चेक–आउट, इनरूम, डाइनिंग सेवा र सुविधाहरू दिनुका साथै डिजिटल मेनू, डिजिटल भुक्तान विधिहरू सहित सुरक्षित भोजन गर्ने सेवा उपलब्ध गराउंँदै आएको छ । ‘होटेलमा जाँदा अतिथिहरू र सहयोगीहरूले हाम्रो स्वास्थ्य र सुरक्षा उपायहरूमा अर्को केही महिनामा उल्लेखनीय र महत्वपूर्ण थप सूचनाहरू देख्न सक्छन ।’ उनले भने , हाम्रा पाहुनाहरू र सहयोगीहरूको सुरक्षा सधैं हाम्रो प्राथमिकतामा रहेको छ । साथै होटटले छिटैन कोरानो महामारीको असर कम हुदै जाने नियन्त्रण हुने अपेक्षा गर्दै अन्य अतिथिलाई स्वागत तथा सेवा दिन आतुर रहेको बताएको छ ।




