रुपन्देही । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट १६ औं व्यक्तिको मृत्यु भएको छ । भारतबाट आएर अर्घाखाँचीको मालारानी गाउँपालिका–४ ब्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ५७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको थियो ।
मृत्यु हुनुअघि गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । श्वास प्रश्प्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराएर फर्कदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




