गैंडाकोट । गैंडाकोटको जनक कलेजमा नगरपालिकामा नै सबैभन्दा धेरै बेड रहेको क्वारेन्टाइन निर्माण गरिने भएको छ । गैंडाकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नवराज कडेँलका अनुसार केही दिन पहिले क्वारेन्टाइन स्थल छनौट गर्न स्थलगत निरीक्षणमा रहेका बेला आफू घाइते भएकाले क्वारेन्टाइन निर्माण गर्न केही ढिलाइ भएको बताए । हाल नगर भित्रै सबैभन्दा धेरै २५ बेड रहेको क्वारेन्टाइन स्थल आफ्नै वडामा निर्माण गर्न सफल भएको भन्दै कंडेलले संभावित जोखिम र त्रासबाट मुक्त रहन गैंडाकोट बासिलाई बिश्वास दिलाउनु भयो ।
वडा अध्यक्ष कडेँल सहित वडा जनप्रतिनिधि हरिप्रसाद ढकाल, नगर स्तयरीय क्वारेनटाइन व्यवस्थापन समितिका अध्यक्ष गोविन्द सुवेदी, इलाका प्रहरी कार्यालयका जयराम पौडेल, विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरु बलराम चालिसे, चुडामणी कडेँल, चेतनाथ भुषाल, विष्णु प्रसाद सापकोटको उपस्थ्तिी रहेको थियो ।
साथै त्यहाँ स्थापना भएको क्वारेनटाइनलाई थप व्यवस्थित गराउन बलराम चालिसेको नेतृत्वमा जनक कलेज क्वारेन्टाइन व्यवस्थापन उप समिति गठन गरिएको छ । जसमा ८ जना सदस्य रहनु भएको छ । सदस्यहरुमा होमनाथ न्यौपाने “अनिल”, हरिप्रसाद ढकाल, चेतनाथ भुषाल, गोविन्द पौडेल, अर्जुन पोखरेल, जनक पौडेल, ख्याम पराजुली र गणेश पौडेल रहनुभएको छ ।




