चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकाे सर्जिकल अंकाेलाेजी विभागकाे विभागीय प्रमुखमा डा.अनिल बिक्रम कार्की नियुक्त भएका छन् । झन्डै सत्र वर्षदेखि त्यस अस्पतालमा कार्यरत नाक, कान, घाँटी क्यान्सर सर्जन विशेषज्ञ डा. कार्की शुक्रवार विभागीय प्रमुखमा नियुक्त भएका हुन्।
नवनियुक्त डा. कार्कीले प्रमुख बने सँगै आफुले थप जिम्मेवारी महसुस गरेको बताए । यसले आफ्नाे क्षेत्रको सर्वोपरी विकास र सेवा विस्तारमा अझै क्रियाशिल भएर लाग्न प्रेरणा मिलेको चितवन खबरलाई संक्षिप्त प्रतिक्रिया दिए । अप्रेशन थिएटर (ओटी)लाई अझै व्यवस्थित पार्नतर्फ पनि आफ्नाे ध्यान जानेकुरा उनले बताए ।
Advertisement
नवनियुक्त विभागीय प्रमुख डा. कार्कीकाे कार्यअवधि अर्काे नयाँ व्यवस्था नभएसम्मकाे लागि ताेकिएकाे बताईएकाे छ । उनी नेपाल चिकित्सक संघको केन्द्रिय उपाध्यक्ष समेत हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




