चितवन । कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा
शनिबार देशभर दीप प्रज्वलन गरिएको छ ।
सन्देश फाउण्डेशन नेपालको नेतृत्व एवं द यूनाइटेड चितवन, रिकभरिंग नेपाल बाग्मती प्रदेश र साप्ताहिक सरसफाई अभियानको सहयोगमा भरतपुरको चौविसकोठीमा नयाँ नक्सा अनुमोदनको खुसीमा दीप प्रज्वलन गरेका हुन् ।
नेपालको सार्वभौम संसदबाट भारतीय पक्ष द्वारा बर्षौदेखी अतिक्रमित भुभाग कालापानी, लिपुलेक, लिंपियाधुरा सहितको नक्शालाई संविधान संशोधनद्वारा सम्पूर्ण राजनैतिक दलको समर्थनबाट सर्बसम्मतिद्वारा पारित गरिएको छ । सरकारी निशान छापमा रहेको नेपालको नक्सा समेत परिवर्तन हुने भएको छ । यस्तो ऐतिहासिक दिनको अवसरमा नेपाल सरकार र सम्पूर्ण राजनैतिक दल हरू लाई बधाई ज्ञापन गर्दै दीपप्रज्वलन कार्यक्रम सम्पन्न गरियो हो ।
कार्यक्रममा रिकभरिंग नेपालका केन्द्रीय उपाध्यक्ष धुर्ब केसी, सन्देश फाउण्डेशन नेपालका सह-संयोजक गौरबबाबु ढकाल, रिकभरिंग नेपाल बाग्मति प्रदेशका उपाध्यक्ष किरन गुरुङ, चेम्बर अफ कर्मसका महिला अध्यक्ष अनुषा पाठकको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन साप्ताहिक सरसफाई अभियानका अभियान्ता आरती घिमिरे र सभापतित्व सन्देश फाउण्डेशन नेपालका संयोजक दिवाकरराज श्रेष्ठले गर्नुभएको थियो ।




