चितवन । नेपाल विद्यार्थी संघ चितवनले सोमबार इलाका प्रहरी कार्यालय बकुलहरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। कोरोना भाइरसको महामारिको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथामका लागि इलाका प्रहरी कार्यालय बकुलहरलाई सेनिटाईजर,एन–९५ मास्क,साधारण मास्क, पानी जस्ता सामाग्रीहरु प्रदान गरेको हो ।
कोरोना भाइरसले विश्वनै आक्रान्त पारेको बेला सुरक्षा व्यवस्थापनका लागि अग्रमोर्चामा रहेको प्रहरीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको नेपाल विद्यार्थी संघ चितवन जिल्ला उपाध्यक्ष अनमोल अधिकारीले बताए । यसले विपदको अवस्थामा जिउज्यान नभनी सुरक्षाकर्ममा अहोरात्र खटिएका सुरक्षाकर्मीहरुलाई हौंसला बढ्ने अधिकारीको भनाई थियो।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मित्रनिधी तिवारी,जिल्ला उपाध्यक्ष आयुष श्रेष्ठ, दिनेश पौडेल, नेपाल विद्यार्थी संघ रत्ननगरका विद्यार्थी नेता दिलिप पराजुली लगायतको उपस्थिती रहेको थियो।




