चितवन । कोभिड १९ को विश्वव्यापी प्रकोपको समयमा भरतपुर ११, चितवनमा रहेको नारायणी ई. पब्लिक स्कूलले शुक्रबार उत्प्रेरणात्मक कार्यक्रम अनलाईन जुम मार्फत सम्पन्न गरेको छ । आफ्नो विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्ययनरत विधार्थीहरुलाई यस परिस्थितिमा आत्मबल बढाउने उद्देश्यले Non-Voilence Communication का सदस्य सामाजिक अभियान्ता राम तिमिल्सिनाले सहभागी विधार्थीहरुलाई कसरी असहज परिस्थितिमा आफुलाई व्यवस्थापन गर्ने विषयमा प्रशिक्षण गराउनु भएको थियो ।
सो कार्यक्रमको सहजिकरण विद्यालयका सूचना अधिकारी नबिन बगालेले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रवन्ध निर्देशक राजेश्वर खनालले गर्नुभएको थियो । सोहि कार्यक्रममा विद्यालयका शिक्षक प्रतिनिधि तथा प्ल्स टु कार्यक्रम संयोजक जनकराज घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको समापन प्राचार्य बेदराज न्यौपानेले गर्नुभएको थियो । सो कार्यक्रममा विधार्थी ,अभिभावक तथा शिक्षक शिक्षिकाहरुको समेत उल्लेखिय सहभागी भएको विद्यालयका प्राथामिक तह प्रमुख दिवाकर पौडेलले बताउनुभयो ।




