चितवन । चितवनमा कोभिड–१९ को सङक्रमणबाट मृत्यु भएका कैलालीका एक पुरुषको शव नेपाली सेनाको कालीबहादुर गणले व्यवस्थापन गरेको छ । भरतपुर अस्पतालमा मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शव भरतपुर महानगरपालिका–१ बागेश्वरी वन क्षेत्रमा व्यवस्थापन गरिएको हो ।
पूर्ण सुरक्षित तरिकाले नेपाली सेनाको ६ जनाको टोलीले शवलाई भरतपुर अस्पतालबाट शववाहनमा राखेर लगेको थियो भने शवलाई सलामी दिएर अन्त्यस्टी गरीएको कालिबहादुर गणका कर्णेल विज्ञान खनालले जानकारी दिनुभएको छ ।
यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ । असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति १० बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।
यस अघि चितवनको भरतपुर ११ का ६७ वर्षीय पुरुषको पनि भरतपुर अस्पतालमा जेठ २७ गते मृत्यु भएको थियो । उनको पनि कालीबहादुर गणको टोलीले नै शव व्यवस्थापन गरेको थियो ।




