चितवन । १७ औं राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सव भरतपुर वडा नं ६ /१३ स्थित लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटको विभिन्न स्थानमा रोपाइँ महोत्सवको आयोजना गरिएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र सम्वृद्धि’भन्ने नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।
रोपाइँ महोत्सवका अवसरमा लेक ट्वान्टी थाउजेण्डको आफ्नो झण्डै बीस बिघा खेतमा धान रोपाइँ गरिएको संयोजक एवं प्रबन्धक राजेश शर्मा आचार्यले जानकारी दिनुभयो । रोपाइँ महोत्सवमा भरतपुर वडा नं ६ का अध्यक्ष हरि बिलास कोइराला , भरतपुर वडा नं १३ का अध्यक्ष प्रकाश दवाडी , भरतपुर वडा नं ६ का सदस्य बाबुराम न्यौपाने , युवा ब्यवसायी समाजसेवी सुजन ओझा , सिजी ल्यान्डमार्क चितवनका मल व्यवस्थापक उज्वल के.सी, कुमारी बैंकका प्रबन्धक सुजन ढुङ्गाना लगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, किसानसमेतको सहभागिता थियो ।
रोपाइँ महोत्सव प्रवेश स्थलमा सावुन पानीले हात धुने व्यवस्था, गुणस्तरीय स्यानिटाइजर र मास्क अनिवार्य प्रयोग गर्ने व्यवस्था मिलाउनुको साथै रोपाइँ गर्दा खेतमा व्यक्तिहरुबीच पर्याप्त सामाजिक दुरी कायम गरेको थियो ।
रोपाइँ महोत्सव लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटका संचालक देवेन लोहोनीको अध्यक्षतामा सम्पन्न भएको हो ।
फाेटाेफिचर:










फाेटाे : चितवन खबर




