चितवन । चितवनका निजी विद्यालयले शिक्षकलाई तलब नदिएपछि सडकमा आएर तलबको माग गरेका छन् । निजी विद्यालयका शिक्षकहरुको संगठन सस्थागत विद्यालय क्षिक्षक युनियन (इष्टु) को आयोजनामा भरतपुरको चौविसकोठीमा मौन प्रदर्शन गरेका हुन् । लकडाउनको वहाना बनाएर तलब नदिएको भन्दै सडकमा उत्रन बाध्य भएको शिक्षकहरुले बताएका छन् । छ महिनादेखि तलब नपाएको, केही विद्यालयले एक वर्षदेखि तलब नदिएको, लकडाउनको बहाना बनाएर शिक्षकलाई तलब नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सेवा हामीले रोकेनौ भोकले आँखा देखेनौ, हामी गुणस्तरीय शिक्षा दिन प्रतिवद्ध छौ, दया हामीलाई चाहिदैन अधिकार खोस्न पाइदैन, हामीले सरकार कर ति¥यौल सरकार तिमि कहाँ छौ जस्ता प्ले कार्ड लिएर शिक्षकले प्रदर्शन गरेका हुन् । प्रर्दशनमा अगुवाइ गर्नु भएका सस्थागत विद्यालय क्षिक्षक युनियनका केन्द्रीय उपाध्यक्ष केशवराज पाठकले वहाना देखाएर सस्थागत विद्यालय शिक्षकलाई तलव दिन नचाहेको आरोप लगाउनु भयो । अनलाइन कक्षाको नाममा अहिलेपनि शिक्षकलाई काममा लगाइएको तर तलब नदिने भएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताउनु भयो । चितवसहित देदभरी विभिन्न प्रकारका आन्दोलन शिक्षकले गरेको पाठकले जानकारी दिनु भयो । सस्थागत विद्यालय क्षिक्षक युनियन (इष्टु) अध्यक्ष जनकराज घिमिरेले तलब नदिएसम्म आन्दोलन जारी रहने बताउनु भयो । इष्टुका अनुसार जिल्लामा १६५ निजी विद्यालय रहेका छन् भने ८० प्रतिशत शिक्षकले तलब नपाएको उहाले जानकारी दिनु भयो । तलब नपाउदा शिक्षकले ऋण गरेर दुइछाक खाएको युनियनका सल्लाहकार शेखर शर्माले जानकारी दिनु भयो । यस्तै अवस्था रहने हो भने शिक्षकहरु खान नपाएर मर्ने दिन आउने बताउनु भयो । सस्था नाफामा जाने शिक्षकले तलब नपाएर बस्नु पर्ने अवस्थाको अन्त्यका लागि स्थानीय सरकार सम्वन्धीत पक्ष जिम्मेवार हुनु पर्ने उहाल बताउनु भयो । चितवनको चौविसकोठीको सडक छेउमा लाइन लागेर शिक्षकहरुल प्रर्दशन गरेका थिए । चितवन जिल्लामा छ हजार शिक्षक कार्यरत रहेका छन् ।
भरतपुर चौविसकोठीमा इष्टुद्वारा सडकमा मौन प्रदर्शन
भरतपुर चौविसकोठीमा इष्टुद्वारा सडकमा मौन प्रदर्शन
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




