चितवन । नारायणगढमा रहेको चितवनकै उत्कृष्ट लिटर फ्लावर स्कुलले दश जोड २ का कक्षा सञ्चालन गर्ने भएको छ ।
स्थानीय एवं अन्य जिल्लाका अभिभावक र विद्यार्थीको आबश्यकता अनुरुप यही शैक्षिक सत्रबाट उक्त कक्षाहरु सञ्चालन गर्ने भएको हो ।
पहिलो बर्ष विज्ञान संकायका कक्षाहरु मात्र सञ्चालन गरिने स्कुलले जानकारी दिएको छ ।
स्कुलका जनसम्पर्क अधिकृत गोविन्द पौडेलले अभिभावक तथा विद्यार्थीको आवश्यकतालाई महसुस गरी दश जोड २ का कक्षा सञ्चालन गर्न लागिएको बताए । ‘हामी कक्षा सञ्चालनका लागि तयारीमा छौं, उनले भने, अब यही शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरु हुन्छ । उनका अनुसार स्कुलमा विज्ञान संकायका अनुभवी तथा दक्ष शिक्षक, आधुनिक विज्ञान प्रयोगशाला , कक्षाकोठा, तथा अन्य भौतिक पूर्वाधारका काम सबै सकिएको छ । यस स्कुलमा अन्र्तराष्ट्रिय ढांँचा अनुसारको कोर्ष, सिलेवस अनुसार अध्ययन अध्यापन हुने उनको भनाई छ ।
स्कुलले क्याम्ब्रिज युनिभर्सटीको मापदण्ड अनुसार १० सम्मका कक्षाहरु सञ्चालन गर्दै आएको छ । भारतको केरला ,गोरखपुर संँगै नेपालका रुपन्देही, विरगंज,गोर्खा लगायतका ३१ जिल्लाहरुबाट स्कुलले अध्ययन अध्यापन गर्दै आएको छ ।
पठनपाठनलाई थप गुणस्तर प्रदान गर्न स्कुलले व्यवहारिक शिक्षा, कम्युटर प्रविधि सहितका शिक्षालाई जोड दिइने स्कुलका प्राचार्य ‘फादर’ रोवीले जानकारी दिए । ‘दश जोड दुइमा विद्यार्थीको भर्ना गर्न सोधपुछ र परामर्श भईरहेको छ , उनले भने , कोरोना प्रभाव कम भएपछि र सरकारले लकडाउन खोल्ने वित्तिकै पढाई शुरु हुन्छ ।’ दशजोड दुईका कक्षा सञ्चालनपछि उच्च शिक्षाका लागि विद्यार्थीहरु काठमाडौ लगायत अन्य विद्यालय जान नपर्ने बाध्यता हट्ने र विद्यार्थीले अधिकतम लाभ लिनसक्ने फादर रोवीको भनाई ।
https://docs.google.com/forms/d/e/1FAIpQLSdecQrOLWhw03P1hJLuNfw2JBTA4EPw6nC4MPtof1F9xs4plw/viewform?fbclid=IwAR1C_kbUqeSSTLx9We1dENbvql5uHmgUio3jTENq8ATNQmWvzIIycdD4jjA
आगामी दिनमा अध्ययन अध्यापनलाई थप प्रभावकारी बनाउन स्कुलले कुनै कसर बांँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । भौतिक पूर्वाधार सम्पन्न यस स्कुलमा १० कक्षा सम्म मात्रै २ हजार १सय विद्यार्थी अध्ययनरत छन । स्कुलले विगत केही बर्षदेखि अध्ययन अध्यापनमा जिल्लामा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । दशजोड दुईमा भर्ना हुनका लागि स्कुललले प्रिअनलाइन रजिष्ट्रेसन प्रणाली समेत खुल्ला गरेको छ । निम्न लिन्कमा गएर विद्यार्थीले फाराम भर्न सक्नेछन ।




