चितवन । कारोना कहरका कारण केही महिनादेखि देशभरका विद्यालयहरुले अनलाईन शिक्षा दिने अभ्यास गर्दै आएका छन । विद्यार्थीले सहज रुपमा बुझ्न सकुन र सबै विद्यार्थीको पहुंँचमा शिक्षा पुगोस भन्ने हेतुले दुरशिक्षा कार्यक्रमलाई समेत जोड दिएको छ । अनलाईन संँगै विद्यार्थीले टेलिभिजनको माध्यमबाट अध्ययन गरुन भन्ने उद्धेश्यले भरतपुर महानगर प्याब्सनले दुरशिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
महानगर प्याब्सन अध्यक्ष लेखनाथ खनालले शुरुवाती दिनबाट नै यो शिक्षा प्रभाबकारी बन्दै गएको र विद्यार्थीको आकर्षण बढ्दै गएको बताउनुभयो । दुरशिक्षा अध्ययनमा सहभागी हुन खनालले सबै बिद्यालयका प्राचार्य, शिक्षक अभिभावक र बालबालिकालाई अनुरोध गर्नुभयो ।
कक्षा ८ ,९ र १० लाई लक्षित गरि सन्चालित यो कार्यक्रममा गणित, बिज्ञान ,अङ्ग्रेजी, नेपाली र सामाजिक विषय पठनपाठन भईरहेको महानगर प्याव्सनकी उपाध्यक्ष इन्दिरा कार्कीले जानकारी दिनुभयो । उहांँका अनुसार करिब २५ जना विषय शिक्षकको सहभागिता रहेको कार्यक्रममा अभियान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै आएको छ । उहांँले दुरशिक्षा मार्फत विद्यार्थीलाई सहभागी भई लाभ लिन अनुरोध गर्नुभयो ।
कोरोना कारण अहिले विद्यार्थीहरु घरमै बस्दै आएको बेला यस समयको सदुपयोग गरी दुरशिक्षा कार्यक्रम शुरु गरिएको होलीभिजन पब्लिक स्कुलका प्राचार्य मीनराज बस्ताकोटीले बताउनु भयो । दुरशिक्षाबाट पठनपाठन हुंँदा सबैको पहुंचमा पुग्ने र थप प्रभावकारी बन्दै जाने उहांँको अपेक्षा छ ।




