चितवन । भरतपुर महानगरपालिका ५ स्थित विकासचोकमा रहेको अर्बिट स्कुलले जीवन उपयोगि परामर्श गोष्ठि सञ्चालन गर्ने भएको छ । लकडाउनको समयमा घरमा बसेका विद्यार्थीहरुलाई प्रेरणा दिने उदेश्यले आगामी शनिवार अनलाईन मार्फत जीवन उपयोगि परामर्श गोष्ठि सञ्चालन गर्ने भएको हो ।
तीन घण्टासम्म सञ्चालन हुने गोष्ठिमा तीन जना परामर्शदाताले प्रशिक्षन दिने अर्विर्ड स्कुलका इन्चार्ज नारायण गौतमले जानकारी दिनुभयो । यस गोष्ठिले विद्यार्थीहरुको करियर बनाउनका लागि सहयोग पुग्ने विश्वास गौतमको रहेको छ ।
असार २७ गते विहान १० बजेदेखि सञ्चालन हुने गोष्ठिमा अजय रेग्मी, कमल लामा, निश्चल सापकोटाले परीक्षण दिनुहुनेछ । उनिहरुले बालअधिकार, मनोविज्ञान र प्रेरणा सम्वन्धि प्रशिक्षण दिनेछन् ।
अनलाईबाट सञ्चालन हुने गोष्ठिमा एसईई दिएका र ११ कक्षा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहने जनाईएको छ । गोष्ठिमा अर्बिट स्कुल बाहेक अन्य विद्यालयका विद्यार्थीले पनि सहभागिता जनाउन सक्ने गौतमले जानकारी दिनुभयो ।
लकडाउनका समयमा यसअघि अर्बिट स्कुलले अनलाईन मार्फत कविता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।




