चितवन । चितवनका थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा एक जना रत्ननगर र चार जना माडी नगरपालिकाका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
संक्रमितहरु रत्ननगर नगरपालिका ७ की २५ वर्षीय महिला , माडी–२ का ४४ वर्षीय पुरुष, माडी–३ का ४५, २४ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु सबै क्वारेन्टिनमा बसिरहेका व्यक्ति रहेको अस्पतालले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




