चितवन । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका थप पाँच जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवनको क्वारेन्टिनमा रहेका भरतपुर महानगरपालिका ५, १५, १६ र २४ वडाका ३६, ३८, ४३ र ३६ वर्षीय ४ जना पुरुष त्यसै गरि २७ वर्षीया एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार प्रयोगशालामा शनिवार एक सय २९ वटा नमूना परीक्षण गरिएकोमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो । बाँकी अन्य एक सय २४ वटा रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ । उनीहरूको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




