चितवन । अवैधरुपमा मिर्गौला प्रत्यारोपण गराउन संलग्न भएको भन्दै प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । कलेज अफ मेडिकल साइन्सेस् – शिक्षण अस्पतालले अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको भन्दै कलेजका जिम्मेवार चिकित्सिकहरू, प्रमुख सञ्चालन अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र एक जना अधिवक्तासमेतलाई मानव अंग बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
यस विषयमा कलेजले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त अनुसन्धानलाई सहयोग गर्नु आफ्नो दायित्व भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “कुनै पनि घटनाका विषयमा राज्यका अंगहरूले प्रश्न उठाएपछि त्यससम्बन्धी जानकारी गराउन छानबिनका लागि सहयोग गर्नुलाई यस स्वास्थ्य संस्थाले आफ्नो दायित्व सम्झेको छ । कलेजभन्दा बाहिर अंग ग्रहणकर्ताको परिवार या दाताकाबीचमा हुने सहमती तथा तत्सम्बन्धी कामका लागि राज्यका विभिन्न निकायबाट मनाइने कागजात र सरकारी निकायको कामप्रतिको विश्वासकै आधारमा कलेजले प्रत्यारोपणसम्बन्धी काम गर्दै आएको विगतको अनुभव छ ।”अवैधानिक र गैरकानुनी काम वा कलेजको निहित स्वार्थका लागि कुनै पनि गतिविधी कलेजकातर्फबाट नभएको हाम्रो दावी खण्डित हुने छैन भन्नेमा कलेज विश्वस्त रहेको जनाइएको छ ।
कलेजले भनेको छ, “नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट यस शिक्षण अस्पतालले मानव आ प्रत्यारोपण सम्बन्धि अनुमति पत्र प्राप्त गरी मानव शरिरको आ प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ र मानव शरिरको अब प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ को अधिनमा रहि मानव अंग प्रत्यारोपण निर्देशिकाको निर्देशन अनुसारक कार्यालयका प्रतिनिधि, कानुनी सल्लाहकार, अस्पतालका प्रमुख सञ्चालन अधिकृत र अस्पतालका चिकित्सक प्रतिनिधिसहितको प्रत्यारोपण स्वीकृति समितिु गठन गरि उक्त समितिको निर्देशन अन्तर्गत रहेर अंग ग्रहणकर्ता र आदानकर्ताको सम्बन्धित स्थानीय निकायबाट नाता प्रमाणित र मन्जुरीनामा, जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणित गरि साथै सरकारको प्रचलित कानुनको अनुसूचिमा उल्लेख गरिए अनुसारको फारमहरू भराई सोको आधारमा तथा अप्रत्यारोपण समितिको विभिन्न चरणको अन्तरबार्ता पछिको स्वीकृतीअनुसार कलेजका तर्फबाट पूरा गर्नु पर्ने सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरि सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी गराउँदछौं ।”
नितान्त मृगौला पीडित बिरामीको जीवन रक्षाका लागि कुनै पनि लाभ हानीलाई नहेरी स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरी प्रमाणित तथा प्रमाणिकरण गरेका कागजपत्रका आधार र विश्वास एवम् प्रत्यारोपण स्वीकृती समितीको सिफारिस बमोजिम कलेजले प्रत्यारोपणको कार्य गर्दै आएको कलेजले जनाएको छ ।




