गैंडाकोट । होम क्वारेन्टिनमा बसेका ८ जनालाई कोरोना संक्रमण भएपछि गैंडाकोट नगरपालिका सिल गरिएको छ । थप एक जनालाई पनि कोरोना संक्रमण देखिएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटमा रहेका पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार इलाका प्रहरी कार्यालय पनि सिल गरी अन्यत्रबाट प्रहरी परिचालन गरिएको छ ।
गैंडाकोटमा बिहीबार १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले एक सातासम्म नगरपालिका पुरै सिल गरी संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पनि परीक्षण गर्ने गरी नगरपालिका सिल गरिएको बताए ।
शुक्रबारदेखि लागु हुने गरी गैंडाकोटमा नगरपालिका क्षेत्रभरी आवतजावतमा निषेध गरिने छ । तर, पूर्व-पश्चिम राजमार्ग प्रयोग गरी आवतजावत हुने सवारीसाधनको हकमा भने नगरपालिका क्षेत्रमा नरोक्ने गरी यात्रा गर्न पाइने उनले बताए ।




