चितवन । साइकल बास्तबमा भन्ने हो भने सन्जिबिनी बुटि नै हो यदि यसलाई हामीले प्रयोग गर्ने हो भने साइकलबाट अनगिन्ती फाइदा छ यसको बारेमा सबैलाई थाहा नै छ। साइकल चलाउनु भनेको यो आफैमा रमाइलो त छ नै तर यसले हाम्रो शरीरमा अनगिन्ती फाइदा पुराइरहेको हुन्छ तथा वातावरण पदूषण हुनबाट पनि यसले रोक्छ।
“हप्ताको १ दिन साइकल” भन्ने अभियानमा भरतपुर महानगरपालिकाका प्रबक्ता तथा वडा न १० का अध्यक्ष अरुण पिडित भण्डारीले सुरुवात गर्नु भएको छ। प्रबक्ता भण्डारीको अनुसार पदमा आशिन ब्यक्तिबाट नै यो राम्रो कामको सुरुवात गरियो भने समाजमा सकारात्मक सन्देश जाने बताउनु भएको छ। हप्ताको १ दिन यदि सबै अफिसका कर्मचारी तथा हामी जस्ता ब्यक्तिले प्रयोग गरियो भने वातावरण त स्वस्थ हुन्छ नै यसको साथै स्वास्थ्य र आर्थिक ब्ययभार पनि कम हुन जान्छ ।
प्रबक्ता भण्डारी अन्य समयमा पनि साइकल चलाउने गर्छु तर हप्ताको १ दिन मात्र पनि सबैले साइकल चलाएमा देशलाई नै फाइदा पुग्ने बताउनु हुन्छ। साइकललाई धेरैले फेसनको रुपमा प्रयोग गरिएको र यसो नगरी साइकललाई दैनिक जिबनमा पनि प्रयोग गर्न जोड दिनु भएको छ।
साइकल दैनिक जिबनको लागि तथा “एक सपना साइकल र सफा नेपालको” अभियान बोकेकी चितवनकी महिला रुक्मिनी सापकोटाले बोकेको अभियानलाई सबैले साथ दिएमा अबको २ बर्ष भित्र चितवन साइकल सिटिको रुपमा परिणत हुने ठोकुवा गर्नुभयो।




