चितवन । रोटरी क्लव अफ नारायणी मिड टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ नारायणी मिड टाउनको सह आयोजनामा भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन । जसमध्ये ८६ जना पुरुष र १६ जना महिला रहेका छन । रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष यामनाथ दनैको आतिथ्यतामा भएको कार्यक्रमको संयोजकमा आकाश पौडेल रहनुभएको थियो । पौडेलले सुरुमा रगत दिएर कार्यक्रमको सुरुवात गर्नुभएको हो ।
Advertisement
कार्यक्रममा रोट्याक क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष तेज बहादुर रानाभाट , रोटरी क्लब अफ नारायणी मिड टाउनका सस्थापक अध्यक्ष, पुर्ब अध्यक्षहरु , रोटरीयनहरु र रत्ननगर रोटरी क्लबको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




